(१) ऐन वा यस नियमावली बमोजिम प्रमाणीकरण भएका देहायका सार्वजनिक लिखतहरु सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रको देहायको भागमा प्रकाशन गर्नु पर्नेछः–
(क) संविधान वा संविधान सरहका घोषणापत्र, भागः १
(ख) ऐन वा अध्यादेश, भागः २
(ग) नियम, नेपाल सरकारले जारी गरेको आदेश वा अधिकार पत्र, भागः ३
(घ) संविधान अन्तर्गतका नियुक्ति वा अन्य सूचना, भागः ४
(ङ) ऐन, नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णय
बमोजिम राजपत्रमा प्रकाशन गर्नुपर्ने सूचना, भागः ५
(च) नेपाल पक्ष भएका सन्धि, भागः ६
(२) उपनियम (१) बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दा ऐन, अध्यादेश वा सन्धि भए कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सचिवले, नियम भए सम्बन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोही मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीसम्मको अधिकृतले प्रकाशन गर्नेछ ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राजपत्रमा प्रकाशन विना नै कार्यान्वयन गर्न सकिने विषयको आदेश वा निर्णयलाई नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ छैन ।
(४) कुनै सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्ने वा नपर्ने भन्ने विषयमा द्विविधा उत्पन्न भएमा सो विषयमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले निर्णय गरे बमोजिम हुनेछ